शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ? उपत्यकामा सबैभन्दा धेरैको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको जनाएको छ।
मन्त्रालयद्वारा शनिबार जारी प्रेस नोटअनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय १ जनामा कोरोना भेटिएको छ।
प्रदेश १ को इलाममा, उदयपुरमा १, ओखलढुंगा १ र झापामा १, मोरङमा ५८ र सुनसरीमा १४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्।
प्रदेश २ को धनुषामा १, पर्सामा १०, बारामा १५, महोत्तरीमा ८, रौतहटमा ४, सप्तरीमा १०, सर्लाहीमा ८३ र सिरहामा ७ जनामा कोरोना पोजेटिभ देखिएको डा.गौतमले बताए ।
बागमती प्रदेशको काठमाडौंमा ३ सय ७७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
काभ्रेमा २, चितवनमा ९२, दोलखामा १, नुवाकोटमा १, भक्तपुरमा १७, मकवानपुरमा १ सय ७, रामेछापमा ७, ललितपुरमा ३७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा कोरोना पुष्टि भएको छ।
गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ६, तनहुँमा १, नवलपरासी पूर्वमा ५१, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ।
प्रदेश ५ को अर्घाखाँचीका ३, कपिलवस्तुका २२, दाङका २४, नवलपरासीका ३, पाल्पाका ९, प्युठानका १, बर्दियाका १८, बाँकेका ३२, रुकुम पूर्वका २, रुपन्देहीका ८१ र रोल्पाका ८ जना छन्।
कर्णाली प्रदेशको दैलेखमा ४ र सुर्खेतमा १८ जनामा कोरोना पोजेटिभ भेटिएको प्रवक्ता डा.गौतमले बताए।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा ४, डडेल्धुरामा २ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये १५ हजार २ सय ६० जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण भएको छ।
देशभर हाल ६ हजार ५ सय ५४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन्।
मन्त्रालयका प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।
सुनसरीमा ४३ वर्षीय परुष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला, ५१ वर्षीय पुरुष, ५४ वर्षीय पुरुष, भक्तपुरमा ७२ वर्षीय पुरुष, ३८ वर्षीय पुरुषको मृत्यु भएको छ।
चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, स्याङजामा ८५ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीय पुरुष, कास्कीमा ५१ वर्षीय पुरुष र रुपन्देहीमा ४० वर्षीय पुरुषको मृत्यु भएको डा.गौतमले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया