कास्की कांग्रेसद्वारा पहिरो प्रभावितलाई नगद सहयोग प्रदान
पोखरा । नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका–६ बराहथोकका बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ ।
पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना बिकको परिवारलाई नगद २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार, हरिराम विकको परिवारलाई दुई–दुई हजार रुपियाँसहित खाद्यान्न सहयोग गरिएको कास्की कांग्रेसका सभापति कृष्ण सिग्देलले जानकारी दिएका छन् ।
सभापति केसी, पूर्वमन्त्री यज्ञबहादुर थापसहितको टोली सहयोग लिएर बराहथोक पुगेको थियो ।
भदौ २३ गते बिहान घरमाथिको पहिरोले घर पुरिँदा काजी बिककी छोरी सिर्जना बिकको मृत्यु भएको थियो । पहिरोले दुई घरपरिवार विस्थापित भएका थिए ।
मन्त्री थापाले प्रतिपक्षमा रहेर पनि कांग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए ।
कास्की कांग्रेस सभापति केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापन गर्ने पार्टीले सरकारसँग समन्वय गर्ने उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बलराम गुरुङले सञ्चालन गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया