यी पाँच कम्पनीका स्यानिटाइजर प्रयोग गर्नै नमिल्ने, जनता लुट्नेहरूको भण्डाफोर

काठमाडौं । महामारीका बेला जनता लुट्न कमसल खालको ह्याण्ड स्यानिटाइजर बनाएर बिक्री गर्ने पाँच वटा औषधि कम्पनीहरूको भण्डाफोर भएको छ ।

औषधि व्यवस्था विभागले सूचना जारी गरेर स्वास्थ्यमा गम्भीर असर पर्ने ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने कम्पनीहरूको नाम सार्वजनिक गरेको हो ।

विभागले ती उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको जनाएको छ ।

विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको जनाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको उल्लेख छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको छ ।

मापदण्ड पूरा नगरेका स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह अपील गरेको छ ।

तोकिएको मापदण्ड नभएका यी स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

Published : Saturday, 2020 September 12, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया