पाल्पामा नेकपाभित्र भीषण पहिरो, लोकप्रिय युवा नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
रामपुर । पाल्पा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
रामपुर नगरपालिका– १० मा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका दुई दर्जन नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेसका स्थानीय नेताहरूले पार्टीमा प्रवेश गराएका छन् ।
कांग्रेस नेता एवम् नगर प्रमुख रमणबहादुर थापाले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । थापाले कांग्रेस प्रवेश गरेका नयाँ साथीहरूलाई क्षमताअनुसार जिम्मेवारी दिइने बताए ।
नेकपाले पाल्पा जिल्लालाई आफ्नो आधार मान्छ । जनताले कम्युनिस्टलाई सत्तामा पुर्याएपछि व्यक्तिगत स्वार्थमा लागेर कमाउ धन्दा र भ्रष्टाचारमा संलग्न भएको भन्दै नेकपा छाडेर कांग्रेस प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् ।
केन्द्रमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहित लाभ लिन तछाडमछाड गरिरहेका बेला पाल्पामा नेकपाका युवा नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया