कांग्रेस नेता खाँणले संकटका बेला भुजीखोलाका पीडितलाई पठाए ४ लाखकाे सामान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले बाग्लुङको भुजीखोला बाढीमा परेर ज्यान गुमाएकाका परिवार र पीडितहरूलाई ४ लाख बराबरको राहत पठाएका छन् ।
ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएका बाढीले जनधनको क्षति भएको थियो ।
नेता खाँणले बाग्लुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति द्रोणकुमार कुँवरमार्फत राहत सामग्री पठाएका हुन् । पीडितहरूलाई खाँणले बाढीबाट क्षति भएकै दिन ४० थान त्रिपाल पठाएका थिए ।
उनले १३० कार्टुन, भुजा २ बोरा, चामल ६० बोरा, स्वायाबिन २ बोरा, चिउरा २०० केजी, सिटामोल २०० बक्स, जीवन जल १०० बक्स, माक्स ४०० पिसलगायतका सामग्री कांग्रेस सभापति कुँवरमार्फत पठाएका हुन् ।
कांग्रेसका प्रमुख सचेतक खाँणले सरकारसँग बाढीपीडितहरूको पुनःस्थापनाको माग गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया