थारु समुदायलाई कांग्रेस सभापति देउवाको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले तराईमा विशेष गरेर थारु महिलाहरूले निराहर ब्रत बसेर मनाउने जितिया पर्वको अवसरमा शुभकामना दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार शुभकामना सन्देश जारी गरेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारु महिला दिदीबहिनीहरू शुभकामना दिएका हुन् ।

‘जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउनुका साथै जन–जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ’, देउवाले भनेका छन् ।

‘कोरोना भाइरसको महामारीका कारण जनजीवन कष्टकर बनेको यस परिस्थितिमा कोराना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरी कायम गरेर सुरक्षित रुपमा जितिया पर्व मनाउन म आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Thursday, 2020 September 10, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया