निषेधाज्ञा खुकुलो भएकै दिन काठमाडौंमा अहिलेसम्मै उच्च संक्रमित, देशभरि पनि बढ्यो संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयद्वारा बिहीबार जारी प्रेस नोटअनुसार एक महिला र ४ पुरुषसहित पाँच जनाको मृत्यु भएको हो । काठमाडौंमा ५५ वर्षीया महिलाका साथै ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

काठमाडौंमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना देखिएको छ । काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमित शून्य भएका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ, मुस्ता, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । संक्रमितहरूको संखया ५ सयभन्दा धेरै हुने जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाडौं,चितवन र रुपन्देही रहेका छन् ।

कोरोनाबाट संक्रमिट १६५ जना आइसियुमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । देशभरि ४०२ महिला र ८४४ महिला गरि १२ सय ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको प्रेस नोटमा उल्लेख छ । हालसम्म नेपालमा ५० हजार ४ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

देशभरि क्वारेन्टिनमा ५ हजार ८ सय ६ जना रहेका छन् । बिहीबार १८ सय १८ जनामा कोरोनाबाट निको भइ डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ ।

Published : Thursday, 2020 September 10, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया