रुकुममा माओवादीका पूर्व केन्द्रीय सदस्यसहित जम्बो टोली कांग्रेस प्रवेश
रुकुम पूर्व । तत्कालीन माओवादीको लालकिल्लाका रुपमा परिचित रुकुम पूर्व जिल्लामा नेपाली कांग्रेस प्रवेश गर्नेहरूको लहर आएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका–१० ताकसेराका नेता तथा कार्यकर्ताहरू कम्युनिस्टहरूको हर्कतबाट दिक्क भएर कांग्रेसमा प्रवेश गरेका हुन् ।
तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एक दर्जन बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
पूर्व केन्द्रीय सदस्य एवम् नेकपा रुकुम पूर्वका जिल्ला सदस्य तेजेन्द्र खामसहित रुकुम पूर्वका दर्जन बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस रुकुम पूर्वका सभापति केशरमान रोकाले जानकारी दिएका छन् ।
कांग्रेस प्रवेश गरेका खामले तीन तहमा नेकपाको सरकार भए पनि जनताको पक्षमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको बताए ।
उनले सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातीको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।
नेकपाका नेताहरूलाई देश र जनताको विकासप्रति चिन्ता नभएको बताएका खामले कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा आवद्ध हुन अपील गरेका छन् ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाले अविर र माला लगाएर स्वागत गरेका थिए ।
सभापति रोकाले कांग्रेस जनताको पार्टी भएकाले सधैं आफूले हारेर भए पनि मुलुक र जनतालाई जिताउँदै आएको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया