पाल्पामा घर भत्किदा कनौजेको ज्यान गयाे
पाल्पा । पाल्पा जिल्लामा घर भत्किएर पुरिदा २२ वर्षीय सुमन कनौजेको ज्यान गएको छ ।
बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा उनका छोरा सुमन कनौजे पुरिएर गम्भीर घाइते भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घर भत्किँदा २ वटा भैसी पनि पुरिएका छन् ।
Published : Thursday, 2020 September 10, 7:20 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया