वीपीको स्मरणमा दाङ कांग्रेसद्वारा मास्क हस्तान्तरण
घोराही । नेपाली कांग्रेस दाङले विभिन्न कार्यक्रमहरू गरेर वीपी जयन्ती मनाएको छ ।
१०७औँ वीपी जयन्तीका अवसरमा बुधबार बिहान दाङ कांग्रेसले घोराहीस्थित वीपीको प्रतिमामा माल्याणर्पन गरेर स्मरण गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद राजु खनाल, प्रदेश सांसद शंकर गिरी, सचिव शंकर डाँगी लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
यसैवीच, दाङ कांग्रेसले कोरोनाभाइरसको संक्रमणबाट उच्च जोखिममा रहेकाहरूलाई वितरण गर्न प्रमुख जिल्ला अधिकारीलाई एक हजार थान मास्क हस्तान्तरण गरेको छ ।

सभापति खड्कासहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा मास्क हस्तान्तरण गरेको सचिव डाँगीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसले देशभरि वीपी जयन्त रचनात्मक कार्यक्रमहरू गरेर मनाइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया