पर्वतमा नेकपाका लोकप्रिय युवाहरू कांग्रेसमा प्रवेश
कुश्मा । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर दुई जना युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार कुश्मामा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका नेकपाका दुई जना युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा जलजला गाउँपालिका– ८ का जितबहादुर खर्जा र जगबहादुर खर्जा रहेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, सचिव अशोक उच्चै ठकुरी लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।
जितबहादुर खर्जा स्थानीय हिम शिखर युवाका क्लवका पूर्व अध्यक्ष समेत हुन् । जितबहादुरले नेकपाका गतिविधिहरू जनता विरोधी भएका कारण आफूहरू बाध्य भएर पार्टी छाड्नु परेको बताए ।
उनले कम्युनिस्टहरू झुठको खेती गर्न माहिर रहेको भन्दै अबका दिनमा कांग्रेसमा रहेर काम गर्ने बताए ।
केन्द्रीय सदस्य जोशीले अहिले धेरै नागरिकको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया