वीपी जयन्ती भव्य रुपमा मनाउन नेविसंघको निर्देशन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वीपी कोइरालाको १०७औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउन सबै जिल्लाहरूलाई परिपत्र गरेको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले परिपत्र जारी गरेर भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउन निर्देशन दिएका हुन् ।
‘विभिन्न प्राविधिक माध्यमबाट महामानव वीपी कोइरालाको योगादन तथा व्यक्तित्वसम्बन्धमा गोष्ठि, छलफल, बेनिनारलगायतका कार्यक्रम गर्नु’, अध्यक्ष ढुंगानाले भनेका छन् ।
नेविसंघले वृक्षारोपण, रक्तदान, वृद्ध र बिरामीहरूलाई फलफूल वितरण जस्ता विभिन्न प्रकारका रचनात्मक कार्यक्रमहरू गर्न परिपत्रमा उल्लेख गरिएको छ ।
बाढीपहिरोले विस्थापित भएकाहरूलाई तथा लामो समयको लकडाउनका कारण दैनिक जीवनयापन कष्टकर भएकाहरूलाई राहत तथा विभिन्न प्रकारका सहयोग पुर्याउन नेविसंघले निर्देशन दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया