सभामुख अग्नि सापकोटाहरू विकास विरोधी कम्युनिस्ट हुन्, हिसाब राखेका छौँः कांग्रेस नेता बस्नेत
बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासमा कम्युनिस्टहरू बाधक बनेको बताएका छन् ।
आइतबार गृहजिल्ला सिन्धुपाल्चोकमा विकास कार्यक्रमको अनुगमन र बाढीपहिरोपीडितहरूको समस्या बुझ्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले बाटोहरू बनाउन कम्युनिस्टहरूले अबरोध गरेको बताए । उनले आफूले सडक बनाउन ल्याएको बजेटलाई सभामुख अग्निप्रसाद सापकोटा र माधव सापकोटासहितका नेताहरूले विकासको बजेट फिर्ता गराएको बताए ।
‘सिन्धुपाल्चोकको विकास कसरी गर्नुपर्छ मलाई थाहा छ । बाढीपहिरोपीडितको घर बसरी बनाउने मलाई थाहा छ । सरकारले घर बनाउन सक्दैन भनेर हात उठाओस् । कांग्रेसले पीडितको निःशुल्क घर बनाइदिन्छ’, उनले भने, ‘अग्नि सापकोटा र माधव सापकोटाहरूले हामीलाई दुःख दिएका छन् । हाम्रा साथीहरूलाई मुद्धा लगाएका छन् ।’
सभामुख अग्नि सापकोटाको शक्तिको आडमा माधव सापकोटा, सुवास कर्माचार्यको छोराहरू मिलेर सिन्धुपाल्चोकको नदीको ढुंगा, बालुवा, गिट्टी तस्करी गरेर सिध्याएको उनले आरोप लगाए । उनले भने, ‘भ्याट बिल नक्कली बनाएर ढुंगा, बालुवा, गिट्टी तस्करी गरेका छन् । कारबाही हुनुपर्छ ।’
कांग्रेसले कोरोना र बाढीपहिरोको बेला जनताको सेवा गरेको देखेर आपत्तिएका अग्नि सापकोटा र माधव सापकोटाहरू अत्तालिएको पूर्वमन्त्री बस्नेतले बताए । ‘अग्निजीहरूले कांग्रेस नेताहरूले कोरोना फैलाए भनेर हामीलाई मुद्धा लगाएर थुन्ने योजना बनाएका थिए’, उनले भने, ‘हाम्रा साथीहरूको कोरोनाको पीसीआर परीक्षण गराउँदा नेगेटिभ आयो ।’
कांग्रेस नेता बस्नेतले बाह्रबिसेमा आफूहरूले पीसीआर मेसिन राख्न खोज्दा बाह्रबिसेको मेयर, अग्नि सापकोटा र माधव सापकोटाहरू लगायतका कम्युनिस्टले अवरोध गरेको बताए । ‘मैले पीसीआर मेसिन राख्न खोज्यौँ’, उनले भने, ‘बाह्रबिसेको मेयरले अबरोध गरे । अग्नि सापकोटा र माधव सापकोटाले हामीलाई पीसीआर मेसिन राख्न दिएनन् ।’
नेकपाका केन्द्रीय सदस्य समेत रहेका माधव सापकोटले हाइड्रोहरूबाट पैसा असुल्ने गरेको आरो पनि लगाएका छन् ।
बाह्रबिसे प्रहरीका निरीक्षकले अग्नि सापकोटाको निर्देशनाम कांग्रेसलाई दुःख दिएर हैरान बनाएको नेता बस्नेतले बताएका छन् । ‘बाह्रबिसेका निरीक्षकको नाम लिन म चाहन्न । बदनाम गर्न चाहन्न’, बस्नेतले भने, ‘कांग्रेसलाई दुःख दिनुभएको छ । हामीले पनि हिसाब किताब राखेका छौँ । सधैँ हामी अहिलेकै हालमा रहँदैनौँ ।’
उनले सिन्धुपाल्चोकका सबै कम्युनिस्ट अग्नि सापकोटा र माधव सापकोटा जस्तै खराब नरहेको बताए । ‘सबै कम्युनिस्ट खराब छैनन् । राम्रा पनि छन्’, उनले भने, ‘अग्नि सापकोटा र माधव सापकोटा विकास विरोधी हुन् । कांग्रेसले राम्रो काम गरेको देख्न सक्दैनन् ।’
बाढीपहिरोमा परेर अभिभावक गुमाएका बच्चाहरूलाई आफूले निःशुल्क कक्षा १२ सम्म अध्ययन गराउने जिम्मेवारी लिएको बताएका बस्नेतले भने, ‘ती बच्चालाई मैले लगेर पढाउँछु भनेको थिए । काठमाडौंमा स्कुल र होस्टेल तयारी अवस्थामा छ । तर, मलाई ती बच्चाहरू लैजान नदिन अग्नि सापकोटाजीहरू लाग्नुभएको छ ।’
यसै बीच, कांग्रेस नेता बस्नेतले खाक्दोल खोलाले क्षति बनाएको सडकको स्थलगत अनुगमन गरेका छन् । उनले खक्दल, कर्थली, दोलङसा, बिगु सडकखण्ड भत्किएको भन्दै मर्मत सम्भार र राम्रो बनाउनका लागि आफूले पहल गर्दा कम्युनिस्टहरूले ठूलो असहोग गरेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया