ललितपुरका ‘टोले गुण्डा’ ‘सञ्जय’ पक्राउ

काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएर सर्वसाधारणलाई उत्तेजित बनाउने ‘टोले गुण्डा’लाई प्रहरीले पक्राउ गरेको छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा भदौ १८ गते ललितपुरको पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने टोले गुण्डा सञ्जय शाक्यलाई आइतबार पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुल्चोकमा उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाक्यलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 September 6, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया