कोरोना बढेपछि काठमाडौं छिर्ने पाँच वटा नाकामा सेना परिचालन गर्न दवाव
काठमाडौं । कोरोनाभाइसको संक्रमण उपत्यकाभित्र तीब्र रुपमा बढिरहेका बेला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीरूले राजधानी प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।
दैनिक दुई हजारभन्दा बढी मान्छेलाई काठमाडौं उपत्यकामा भित्र्याउनु परेको बताए ।
दाहालले अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरू आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभइ प्रहरीले धेरै काम गर्नुपर्दा नभ्याएको हुनाले सीमा नाकाको निगरानी कमजोर भएको बताएका छन् ।
उनले सडकका जँड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गर्ने काममा प्रहरीलाई भ्याइनभ्याइ भएकाले सिमानामा नेपाली सेनालाई नै खाटाउनुपर्ने बताएका छन् ।
भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
नगरपालिका मेयर फोरमका सचिव एवम् मध्यपुरथिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताएका छन् ।
बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया