कन्ट्याक ट्रेसिङमा परेका डीआईजीलाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) घनश्याम अर्याललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

डीआईजी अर्याल कन्ट्याक ट्रेसिङमा परेका थिए । उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो । सो गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

त्यही गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार थप ६७ जनामा कोरोना पुष्टि भएको छ ।

Published : Sunday, 2020 September 6, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया