नेपालकै धनी व्यक्ति एवम् कांग्रेस सांसद चौधरी कोरोनामुक्त
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् नेपालकै धनी व्यक्ति विनोद चौधरी कोरोनामुक्त भएका छन् ।
सांसद चौधरीले शनिबार बेलुका ट्वीट गरेर आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘तपाईंहरूको उत्कट माया र प्रेरणाले मलाई १० दिनको एकान्तवासमा ठूलो उर्जा दियो ।’
‘त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु’, उनले भने, ‘मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु ।’
‘यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु’, चौधरीले भने, ‘यहाँहरूको यस्तै माया पाइरहुँ, धन्यवाद ।’
चौधरीलाई भदौ १२ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । चाैधरी नेपालकै धनी व्यक्तिमा पर्छन् ।
Published : Saturday, 2020 September 5, 10:35 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया