कांग्रेस नेतृ उपाध्याय कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकी छिन् ।

ललितपुरको स्टार अस्पतालमा गरिएको नमूना परीक्षण रिपोर्ट नेटिभ आएको उपाध्यायले बताएकी छिन् । उनी २१ दिनमा निको भएकी हुन् ।

दीब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष समेत रहेकी उपाध्याय साउन २७ गतेदेखि नै होम आइसोलेसनमा बसेकी थिइन् ।

कांग्रेस नेतृ उपाध्यायलाई कोरोनाभाइरसको लक्षणहरू सामान्य मात्रै देखिएको थियो ।

Published : Saturday, 2020 September 5, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया