सिरहामा झडप, प्रहरीसहित स्थानीय घाइते

लहान । सिरहाको बर्यारपट्टि गाउँपालिका– १ कचनारीमा धानमा पानी पट्याउने विषयमा विवाद हुँदा झडप भएको छ ।

झडपमा तीन प्रहरीसहित थुप्रै स्थानीय व्यक्तिहरू घाइते भएका छन् ।

शुक्रबार राति करीब ९ बजेतिर रामनाथ यादव र विजय यादवका बीच खेतमा धान हाल्ने विषयलाई लिएर विवाद भएको थियो । विदाले उग्ररुप लिएपछि झडप भएको थियो ।

अजय यादवको खेतमा रहेको बोरिङबाट कसले पहिला पानी हाल्ने भन्ने विषयमा भनाभन भएको थियो ।

पुरानो रिसिबीका कारण झडप भएको झगडा भएको स्थानीयले बताएका छन् ।

घाइते दिनेशकुमार यादवलाई १० वटा टाका लागेको छ । श्यामकुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ ।

यता, एउटा समूहले राजकुमार यादवकी श्रीमती स्वस्तिकाकुमारी गिरी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरेको छ । उनको हातमा चोट लागेको छ ।

Published : Saturday, 2020 September 5, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया