ललितपुरको कर्फ्यु हट्यो, अब निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले चक्रपथभित्र लगाएको कर्फ्यु आदेश हटाएको छ ।
शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठक र अन्य सरोकारवाला पक्षसँग भएको छलफलपछि शुक्रबार राति १० बजेबाट कर्फ्यु हटाउने निर्णय गरिएको हो ।
रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।
बिहीबार प्रशासन र स्थानीय गुठीहरुको निर्णयविपरीत एक समूहले निषेधाज्ञा उल्लंघन गर्दै जात्रा सञ्चालन गर्न खोजेपछि झडप भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया