कोरोनाबाट १३ सयभन्दा धेरै निको, शुक्रबार काठमाडौंले पुनः रेकर्ड बनायो, १४ काे मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ४६४ महिला र ८९५ पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिए ।
कोरोनाबाट १३ सय ५४ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।
डा.गौतमले उदयपुरमा १, खोटाङमा २, ओखलढुंगामा २, झापामा २८, मोरङमा ७६, सुनसरीमा ३९ जनामा कोरोना संक्रमित भेटिएको जानकारी दिएका छन् ।
धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २, सप्तरीमा २६, सर्लाहीमा ८०, सिरहामा १ जनामा कोरोना भेटिएको छ ।
काठमाडौंमा ३८६, काभ्रेमा ७, चितवनमा ८२, दोलखामा २, धादिङमा १९, नुवाकोटमा ५, भक्तपुरमा ३६, मकवानपुरमा १८, रसुवामा १, रामेछापमा १३, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा ४, सिन्धुलीमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नवलपुरमा २८, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा १, स्याङजामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुम पूर्वमा १, रुपन्देहीमा ४४ जनामा कोरोना देखिएको छ ।
जाजरकोटमा २, जुम्लामा २१, दैलेखमा ९, रुकुम पश्चिममा १, सल्यानमा १, सुर्खेतमा २२, अछाममा १, कञ्चनपुरमा ५, कैलालीमा ५२, डोटीमा ४, दार्चुलामा ३, बझाङमा ३, बैतडीमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा महिला ४ र पुरुष १० जना रहेका छन् ।
मृत्यु हुने महिलामा ३ जना काठमाडौंका रहेका छन् । ८२, ६७ र २२ वर्षीया महिला रहेका छन् । एक जना महिला चितवनकी ३५ वर्षीया रहेकी छिन् ।
मृत्यु हुनेमा सप्तरीका दुई पुरुष ५५–५५ वर्षीय रहेका छन् । धनुषाको ६५ वर्षीय पुरुष, कास्कीको ३१ वर्षीय पुरुष, नवलपरासीको ३७ वर्षीय, प्यूठानको ५८ वर्षीय पुरुष, रुपन्देहीको ७८ वर्षीय पुरुष र पाल्पाका ६३ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा.गौतमले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया