एनपी साउदद्वारा कांग्रेस छाडेका मल्ललाई विभागमा मनोनीत, दाङमा ‘भइँकटर’ काण्डले चर्चित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको क्रियाशील सदस्यता नै नरहेका दाङका हेमन्त मल्ललाई शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा मनोनीत गरेका छन् ।
मल्लले नेपाली कांग्रेस छाडेर ‘नेपाल दर्शन पार्टी’को समानुपातिक उम्मेदवार हुँ’ भन्दै दाङमा चुनाव चिन्ह ‘भइँकटर’मा भोट माग्दै हिँडेका थिए । दाङमा मल्लको खासै प्रभाव छैन । सोही कारण कांग्रेसले मल्ललाई कारबाही गर्ने विषयमा बेवास्ता गरेको थियो ।
कांग्रेस केन्द्रीय सदस्य तथा विभागका प्रमुख एनपी साउदले मल्ललाई सदस्यमा सिफारिस गरेपछि देउवाले मनोनीत गरेका हुन् ।
देउवाले साउदलाई अत्यन्तै विश्वास गर्छन् । तर, साउदले सभापति देउवालाई असर पर्ने गरेर हर्कत गरेका छन् ।
मल्ल विगतमा कांग्रेस थिए । १२औँ महाधिवेशनसम्म क्रियाशील सदस्य भएका मल्लले कांग्रेस छाडेर सदस्यता नवीकरण गरेका थिएनन् । विभिन्न पेशा व्यवसाय गरेर अकुत सम्पत्ति कमाएपछि मल्लले कांग्रेसबाट पुनः राजनीति गर्ने सोँच बनाएका छन् ।
मल्लले १०–१५ वर्ष अगाडि छाडेको पुरानो सक्रिय सदस्यता नवीकरण हुन्छ कि हुँदैन भनेर नेपाली कांग्रेस दाङमा सम्पर्क गर्न थालेका छन् ।
हुन त साउदले बैंकिङ कसुरकाण्डमा थुनिएका विष्णु धिताललाई विभागको उप–प्रमुख जस्तो ठूलो पद दिएका छन् ।
धिताल तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा करीब डेढ अर्ब घोटाला गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया