बालुवाटारमा भावुक बने ओली–डा.खतिवडा

काठमाडौं । पार्टीभित्रको दवाव खेप्न नसकेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रिय मन्त्री गुमाउनु परेको छ ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाबीच कुराकानी भएको छ । भेटमा ओलीले डा.खतिवडालाई धन्यावाद दिएका छन् ।

ओलीसँग डा.खतिवडाले भावकु हुँदै विदा मागेका छन् । ओली र डा.खतिवडा केही समय कुरा गर्दा भावुक बनेको एक मन्त्रीले बताए ।

स्रोतका अनुसार डा.खतिवडाले बिहीबारदेखि नै मन्त्री क्वाटर पुल्चोकबाट सामानहरू घरतिर सारेका छन् ।

खतिवडालाई मन्त्री बनाउन विश्व बैंकका एजेन्टहरूले ठूलो दवाव दिएका थिए । तर, पार्टीभित्रबाट दवाव परेपछि ओलीले अन्तिम समयमा उनलाई सांसद र मन्त्री दुबै बनाएनन् ।

डा.खतिवडाको ठाउँमा नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभाको मनोनीत सांसद बन्नेछन् । त्यस्तै भयो भने पहिलो वरीयताको उपप्रधानमन्त्री र अर्थमन्त्री समेत बन्न सक्नेछन् ।

तर, गौतमलाई संविधानले मन्त्री बान्न बाटो छेकेको छ । मन्त्री बन्न गौतमका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दियाबाट पराजित भएका गौतम विगत केही महिनादेखि सांसद बन्न दौडधुपहरू गरेका थिए ।

ओली क्याम्पमा प्रवेश गरेर गौतमले मनोनीत सांसद पाएका छन् । सांसद बन्ने भएपछि गौतम खुसी छन् । डा.खतिवडा भने दुःखी भएर विदा हुँदै छन् ।

Published : Friday, 2020 September 4, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया