मल्लको आग्रहमा कांग्रेस नेतृ डा.राणाले दिइन् पर्वत, म्याग्दी र बागलुङलाई स्वास्थ्य सामग्री

कुश्मा । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले धौलागिरीका तीन जिल्लालाई अत्यावसेक स्वास्थ्य सामग्रीहरू निःशुल्क उपलब्ध गराएकी छिन् ।

सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष समेत रहेकी कांग्रेस नेतृ डा.राणाले स्वास्थ्य सामग्रीहरू सहयोग गरेको पर्वत कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जानकारी दिए ।

कांग्रेस नेता मल्लको विशेष पहलमा डा.राणाले ती स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइदिएकी हुन् ।

काठमाडौंबाट पठाइएका ती स्वास्थ्य सामग्रीहरू नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं कांग्रेसका युवा नेता विद्वान गुरुङले बुधवार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सीसीएमसी)लाई हस्तान्तरण गरेका हुन् ।

सीसीएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको मल्लले जानकारी दिएका छन् ।

२० थान पीपीई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीन हजार पीस नर्मल मास्क, ४० पिस एन ९५ माक्ससहित करीव दुई लाख बराबरको स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइएको छ ।

तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवम् कांग्रेसका युवा नेता गुरुङले महामारी र विपत्ति सबैको साझा समस्या भएको भन्दै यस्ता विपत्तीविरुद्धको अभियानमा कांग्रेस सधैँ अग्रमोर्चामा रहेर सहयोग गर्ने गरेको बताए ।

गुरुङले स्वास्थ्य सामग्री सहयोग गर्ने कांग्रेस नेतृ डा.राणा र सामग्री ल्याउन पहल गर्ने पर्वत कांग्रेसका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकका अध्यक्ष मल्ललाई धन्यावाद दिएका छन् ।

पर्वत कांग्रेसका पार्टी सचिव अशोक उच्चै ठकुरीले कोरोना भाइरसविरुद्धको अभियानमा कांग्रेसका युवा नेता मल्लले देखाएको सक्रियता अनुकरणीय रहेको बताएका छन् ।

स्वास्थ्य सामग्रीहरू बागलुङ र म्याग्दी जिल्लामा पनि वितरण गर्ने कार्यक्रम रहेको छ । कांग्रेस नेता मल्लको पहिलमा डा.राणाले पर्वत, बागलुङ र म्याग्दी जिल्लालाई स्वास्थ्य सामग्रीहरू काठमाडौंबाट पठाएकी थिइन् ।

कांग्रेस नेता मल्ल कोरोनाविरुद्धको अभियानमा शुरुदेखिनै सक्रिय छन् । उनले व्यक्तिगत रुपमा पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघिनै सहयोग गरिसकेका छन् ।

मल्लले कोरोनाविरुद्धको अभियानमा कांग्रेसले सधै सहयोग गर्ने बताए । ‘कांग्रेसले सधैँ जनतालाई सहयोग गर्दै आएको छ’, युवा नेता मल्लले भने, ‘कांग्रेस नेतृ डा.राणाले पर्वत, म्याग्दी र बागलुङ जिल्लालाई गर्नुभएको सहयोग प्रशंसनीय छ ।’

Published : Wednesday, 2020 July 8, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया