भारतबाट आएर क्वारेन्टाइनमा बसेका बाँकेका युवकको मृत्यु
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजना २५ वर्षीय युवकको मृत्यु भएको छ ।
पाँच दिन अगाडि भारतबाट आएका ती युवकको आइतबार क्वारेन्टाइनमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले जानकारी दिएका छन् ।
ती युवकको समस्यामा खराबी आएपछि मृत्यु भएको अध्यक्ष साहले बताए ।
ती युवकलाई एक्कासि ज्वरो आएको थियो । युवकलाई कोरोना भाइरस भए–नभएको रिपोर्ट आउन बाँकी छ ।
उनीसहितका २ सय ६३ जनाको परीक्षणका लागि स्वाब संकलन भएको थियो ।
नरैनापुरको दीपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा ती युवक बसेका थिए ।
उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
गाउँपालिकाका स्वास्थ्य प्रमुख मोहम्मद माहिन खाँले मृत्यु भएका युवकमा कोरोना भाइरसको सामान्य लक्षण देखिएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया