चीनको हर्कतसँगै गुगलले सगरमाथा तिब्बततिर देखायो, नेपालबाट हटायो

काठमाडौं । सगरमाथामा मित्र राष्ट्र चीनको पछिल्लो हर्कतले नेपालीहरूको मनमा विभिन्न खालका आशंका उब्जाइदिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ, यो सत्य छ । ८८४८ मिटर उचाइँ रहेको सगरमाथा नेपालको हो भन्ने कुरा विश्वलाई थाहा छ ।

नेपालसँग सल्लाह नै नगरी पछिल्लो समय चीनले सगरमाथाको उचाइँ नाप्नेभन्दै तिब्बततिर हर्कतहरू गर्दै आइरहेका बेला गुगलको म्यापमा सगरमाथा चीनतर्फ देखाइएकोमा नेपालीहरूले रहस्यका रुपमा हेरेका छन् ।

नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो । विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होला ।

गुगलले सार्वजनिक गरेको नयाँ नक्सामा सगरमाथालाई नेपालबाट हटाइएको छ ।

२ मेमा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो ।

तस्वीरमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनेर भनेको थियो ।

यो ट्वीटपछि चीनको चर्को आलोचना भएको थियो । ट्वीट सच्चाउँदै सगरमाथा चीन र नेपालको सीमा पर्छ भनेको थियो ।

गुगलको नक्सामा सगरमाथा नेपालबाट हट्नुले गम्भीर प्रश्न उब्जाएको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद भइरहेका बेला चीनले पनि सगरमाथामा हर्कत गरेको छ ।

Published : Saturday, 2020 May 16, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया