नेपाली भूमि फिर्ता गरभन्दा कांग्रेसका छ नेताहरू पक्राउ, बाह्रबिसेमा प्रदर्शन
निरोज चौलागाइँ
बाह्रबिसे । भारतद्वारा अतिक्रमित भूमि फिर्ताको माग गर्दै नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजारमा प्रदर्शन गरेको छ ।
बाह्रबिसे बजारमा शनिबार बिहान कांग्रेसका नेता हरिशरण श्रेष्ठको नेतृत्वमा प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ, केशबहादुर तामाङ लगायतलाई छ जनालाई पक्राउ गरेको छ ।
भारतले नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियायाधुरा अतिक्रमण गरेको विरोधमा कांग्रेस क्षेत्र नम्बर १ मा विरोध प्रदर्शन र र्याली निकालिएको हो ।
कम्युनिस्ट सरकारले भारतले नेपाली भूमि अतिक्रमित गर्दा समेत चुपचाप बसेको आरोप प्रदर्शनकारीहरूले आरोप लगाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया