चीनबाट आइपुग्यो सेनाकाे १० कन्टेनर स्वास्थ्य सामग्री

निरोज चौलागाइँ

बाह्रबिसे । नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्रीहरू नेपाल–चीन सीमा नाका तातोपानी आइपुगेको छ ।

सरकारले नेपाली सेनालाई कोरोना भाइरस रोकथामको लागि आवश्यक पर्ने मेडिकल सामग्री खरिद गर्न दिने जिम्मेवारी दिएको थियो । ती सामग्रीहरू शुक्रबार तातोपानी नाकामा आइपुगेका हुन् ।

शुक्रबार उत्तरी नाका तातोपानीबाट १० कन्टेनर मेडिकल सामग्री ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सरकार तातोपानी नाका सञ्चालन गरेपछि निजी क्षेत्रले समेत मेडिकल सामग्री यसअघिनै ल्याएका थिए ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले नाका सहज तरिकाले सञ्चालनमा आएको छ ।

नेपाली सेनाले शुक्रबार १० कन्टेनर मेडिकल सामग्री तातोपानी ल्याएको खत्रीले बताएका छन् ।

‘अब ती सामग्रीहरूलाई १२ घण्टासम्म क्वारेन्टाइनमा राखेर मात्रै भन्सार गरिनेछ’, खत्रीले भने ।

यसअघि स्याउ, लसुन, प्याज, बीउबिजन, इलेक्ट्रोनिकका सामग्री ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

Published : Friday, 2020 May 15, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया