काठमाडौं महानगरपालिकाका ३१ जनामा सफाइका कर्मचारीमा कोरोना पाेजेटिभ
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइका कर्मचारी र गाडी चालकमा कोरोना पोजेटिभ देखिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीका अनुसार शुक्रबार १५ जना महिला र १६ जना पुरुषमा कोरोना भाइरसको एन्टीबडी देखिएको हो ।
संक्रमण देखिएपछि ती कर्मचारीहरूलाई टेकुमा रहेको महानगरपालिकाको वातावरण विभागको क्वारेन्टाइनमा राखेर उपचार शुरु गरिएको छ ।
शुक्रबारदेखि नै उनीहरूलाई चिकित्सकहरूको निगरानीमा खान, बस्नेसहितको सबै सुविधा दिएर राखिएको उपमेयर खड्गीले जानकारी दिइन् ।
वडाहरूमा सरसफाइको काम गर्ने उनीहरूलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ गरिने उपमेयर खड्गीले बताएकी छिन् ।
उनीहरूमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । महानगरपालिकाका ९३२ सफाई कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिएका छन् ।
पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए–नभएको पुष्टि हुने उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया