राष्ट्रपतिले संसदमा बोल्दै गर्दा लगनखेलमा बम, सेनाद्वारा डिस्पोजल
लगनखेल । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भवन नयाँ बानेश्वरमा कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला ललितपुरमा नेपाली सेनाले बम डिस्पोजल गरेको छ ।
लकडाउनका बेला ललितपुर जिल्लाको लगनखेल ग्राउण्ड नजिक रहेको अक्सब्रिज कलेजको गेट नजिकै झालामा राखिएको अबस्थामा शुक्रबार बम फेला परेको थियो । करीव चार बजेतिर बम देखिएछि सेनाको टोली आएर डिस्पोजल गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाली सेनाले बम रहेको स्थानको घरलाई खाली बनाएर बम डिस्पोजल गरेको थियो । बम भेटिएकाे स्थान नजिकै सेनाकाे ब्यारेक समेत रहेकाे छ ।
बम डिस्पोजल हुँदा ठूलो आवाज आएको थियो । आवाज सुनेर आसपासका सर्वसाधारण डराएका थिए ।
बम कसले किन राखेको हो खुल्न सकेको छैन । ललितपुर प्रहरीले बम कसले राखेको हो भनेर अनुसन्धान शुरु गरेको छ । बम रहेको झोलामा राष्ट्रिय झण्डा पनि फेला परेको स्रोतले जनाएको छ ।
बम राखिएको ठाउँमा सीसीटिभी क्यामरा रहेको छ । सो सीसीटिभीमा हेरेर अनुसन्धान शुरु भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया