‘मेरो सरकार’को कार्यक्रममाथि नेकपामा ओलीको रणनैतिक छलफल
काठमाडौं । कम्युनिस्ट सरकारको आर्थिक वर्ष ०७७–७८ को नीति तथा कार्यक्रम संसद पेश हुँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले सचिवालयमा छलफल गरेका छन् ।
बालुवाटारमा शुक्रबार बसेको सचिवालयको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीले सचिवालयका सदस्यहरूसँग नीति तथा कार्यक्रममा राख्ने एजेण्डाहरू माग गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पेश गर्न केही घण्टा मात्रै बाँकी रहेका बेला ओलीले औपचारिकता मात्रै पूरा गर्न सचिवालय बैठक बोलाएर सुझाव माग गरेको भन्दै आलोचना भएको छ ।
केही सचिवालयका सदस्यहरूले ‘अब केही घण्टापछि सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ, यस्तो अवस्थामा कसरी सुझाव दिने ? सुझाव दिएपनि समेटिन्छ भन्ने के ज्ञारेन्टी छ ?’ भनेर ओलीसँग प्रश्न गरेको स्रोलते जनाएको छ ।
सचिवालयका एकजना सदस्यले भने, ‘मेरो सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पार्टीभित्र विरोध नहोस् भनेर सामान्य छलफल गरेर ओलीजीले आलोचनाबाट बच्ने प्रयास गर्नुभएको छ ।’
नेकपाका छिटै बस्ने स्थायी समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया