मुलुक संकटमा परेका बेला कांग्रेसले बोलायो संसदीय दलको बैठक, विशेष निर्णय हुने
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
कम्युनिस्ट सरकारले नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक शनिबार साढे १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
कम्युनिस्ट सरकारले मुलुकको सीमा रक्षा गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि झन् कम्युनिस्ट सरकारको आलोचना भइरहेको छ ।
कांग्रेसले भारतसँग कुटनैतिक सम्वाद गरेर अतिक्रमित भूमि फिर्ता गराउन र नयाँ नक्सा जारी गर्न माग गरिरहेको छ ।
कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले आवश्यक पहल गर्न नसकेको भन्दै आलोचना गरिरहेको छ ।
कोरोना रोक्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै कांग्रेसले दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।
कोरोना भाइरसको संक्रमण बढेका बेला कांग्रेसले परीक्षणको दायर बढाउनुपर्ने र भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।
कांग्रेसको संसदीय दलको बैठकमा यी सबै विषयमा छलफल हुनेछ एक सांसदले जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया