काठमाडौं उपत्यकामा सबैको कोरोना परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य विभागले काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।

बिहीबारदेखि नै सर्वसाधारणको कोरोना भाइरसको परीक्षण गरिने श्रेष्ठले बताएका छन् ।

विभागले शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी गरेको छ ।

काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरिएको छ ।

Published : Thursday, 2020 May 14, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया