स्वास्थ्य मन्त्रालयले संख्या सच्याउँदै भन्याे, ‘कोरोना संक्रमित २४५ हाे, २५० हाेइन’
काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्याबारे प्राविधिक कारणले गल्ती हुन गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहानको गल्तीलाई सच्याएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बिहीबार बिहान नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ सय ५० जना संक्रमित भएको जानकारी दिएका थिए । सहप्रवक्ता डा.अधिकारीले बिहीबार बिहान सवा दश बजे अर्को विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै रहेको बताएका छन् ।
‘अध्यावधिक विवरणअनुसार कोभिड – १९ का पुष्टि भएकाहरूको जम्मा संख्या २४५ नै रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउँन चाहन्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया