बिहीबार बिहानफेरि थपिए पाँच संक्रमति, २५० पुग्यो संक्रमितको संख्या
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार बिहान थप पाँच जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सर्लाही जिल्लाको धन्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
धनुषा जिल्लाको जनकपुर र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र बलवा नगरपालिकामा १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा.अधिकारीले बताए ।
योसँग नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ५० पुगेको छ ।
यसअघि बिहीबार बिहान काठमाडाैं र कपिलवस्तुमा २ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे थियाे ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया