ओलीजी सत्ताको खेल र सांसद अपहरणमा लाग्नुभयोः कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली कोरोना संक्रमणबाट जनतालाई बचाउने बेला सत्ताको खेलमा लागेको भन्दै आलोचना गरेको छ ।
कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कोरोनाको संक्रमण र लकडाउनका बेला सत्ताको खेलमा ओली संलग्न भएको बताए ।
‘लक डाउनको ५० दिन पुग्दासम्म हरेक दिन नागरिकका लागि सन्त्रासको दिन रह्यो’, शर्माले भनेका छन्, ‘देशको प्रधानमन्त्री भने यस्तो समयमा पनि सत्ताको खेलमा संलग्न रहनु लज्जास्पद मात्रै थिएन, जनताको जीवन जोखिममा रहेका बेला इतिहासकै एक गैह्र जिम्मेवारीपूर्ण कदम त्यो थियो ।’
कांग्रेसका प्रवक्ता शर्माले सांसद अपहरणको मुद्धासम्ममा प्रधानमन्त्री ओलीको नाम जोडिएको भन्दै चिन्ता जनाएका छन् ।
‘एकातर्फ स्वास्थ सामग्री देखि राहतको सामग्री सम्म अभाव अर्कातर्फ औचित्यहिन अध्यादेश देखि सांसद अपहरणको मुद्दा सम्ममा प्रधानमन्त्रीको नाम’, प्रवक्ता शर्माले भनेका छन् ।
‘कोरोनासंग सिंगो देश एक भएर जुधिरहेका बेला भएको यो खेलले शासन गर्ने नैतिक र राजनैतिक आधार यो सरकारको समाप्त ग¥यो’, कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया