यसरी बन्दोबस्तीका सामान लिएर कालापानी क्षेत्र पुग्यो सेनाको हेलिकप्टर
प्रकाशचन्द्र भट्ट
दार्चुला । दार्चुलाको कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकप्टर बन्दोबस्तीका सामान लिएर उडेको छ ।
बुधवार काठमाडौंबाट दार्चुला पुगेको सेनाको हेलिकप्टर सीमा सुरक्षा चेक पोस्ट (बिओपी)का लागि आवश्यक पर्ने सामान र सशस्त्र प्रहरीको टोली लिएर कालापानी क्षेत्र प्रस्थान गरेको हो ।
कालापानी नजिकै छाङरुमा स्थापना हुने सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेक पोस्ट (बिओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली गएको छ ।
टोलीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा.ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायण बाबु थापा समेत रहेका छन् ।
कालापानीभन्दा १२ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि यसअघि नै जग्गाको टुङ्गो लागि सकेको छ ।

उक्त स्थानमा बिओपी स्थापनार्थ ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरू हेलिकप्टरमार्फत ओसारपसार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिए ।
भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले सडकदेखि सदनसम्म चौतर्फी बिरोध भइरहेको छ ।
छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरूले सीमा रेखदेखका साथै अपराध नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया