भीआईपीकै सुरक्षाकर्मीलाई कोरोना भएपछि नेकपाको बैठक रोकियो
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक स्थगित भएको छ ।
नेकपाका स्थायी समिति सदस्य भीम रावलका सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि बैठक प्रभावित बनेको हो ।
भीआईपीहरूकै सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि बैठक स्थगित भएको जनाइएको छ ।
नेकपाको स्थायी समितिको बैठक धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बस्ने कार्यक्रम थियो । बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
Published : Wednesday, 2020 May 13, 10:18 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया