तरुण उपाध्यक्षको आग्रहमा वडाध्यक्षद्वारा रावाबेसीको कुँवाको जिर्णोद्धार

रावाबेसी । खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा रहेको कुँवाको जिर्णोद्धार गरिएको छ ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको आग्रहमा वडा नम्बर १ का वडाध्यक्ष लीला श्रेष्ठले कुँवाको जिर्णोद्धार गराएका हुन् ।

गाउँपालिकाको वडा नम्बर १ स्थिात गोरेटो बाटोमा पर्ने कुँवालाई झार र पातपतिङ्गरले ढाकेको थियो ।

वडाध्यक्ष श्रेष्ठले अर्को पटक कुँवालाई अलिक व्यवस्थित र राम्रो बनाउने प्रतिवद्धता जनाएको उपाध्यक्ष चापागाइँले जानकारी दिए । उपाध्यक्ष चापागाइँले विगतमा सोही गाउँपालिका (तत्कालीन कुभिण्डे गाविस)मा बसेर कक्षा दशसम्मको अध्ययन गरेका थिए ।

सोही कुँवाको बाटो हुँदै विद्यालय जाने गरेको चापागाइँले बताए । कुँवाको अवस्थाका बारेमा वडाध्यक्ष श्रेष्ठसँग चिन्ता जनाएपछि वडाध्यक्षले पनि चासो देखाएर जिर्णोद्धार गरेको चापागाइँले बताए ।

Published : Thursday, 2020 April 9, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया