राप्ती गाउँपालिकालाई तीन वटा संस्थाद्वारा आर्थिक सहयोग

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकालाई भालुवाङ बजारका व्यापारी दुई जना व्यापारीले गाउँपालिकाले स्थापना गरेको सहायता कोषमा एक लाख एक हजार रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।

न्यू राप्ती हार्डवेयरका सञ्चालकद्वय होमप्रसाद शर्मा र रामप्रसाद शर्माले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा रकम सहयोग गरेका हुन् ।

अति विपन्न र ज्याला मजदुरी गरेर खाने परिवारलाई सहयोग गर्न कोष स्थापना गरिएको थियो । यसैबीच, कोषमा दुई सहकारी संस्थाले पनि सहयोग रकम हस्तान्तरण गरेका छन् ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था घोराही र सर्वजित बचत तथा ऋण सहकारी संस्था मौरीघाटले गाउँपालिकालाई सहयोग गरेका हुन् ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था घोराहीका वरिष्ठ अधिकृत रमेश अधिकारीले रु. ५० हजार तथा सर्वजित बचत तथा ऋण सहकारी संस्था मौरीघाटका अध्यक्ष राजेन्द्र चौधरी र ब्यवस्थापक शिशिर चौधरीले ले २५ हजार १५ रुपियाँ नगद राप्ती गाउँपालिका अध्यक्ष सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

राप्ती गाउँपालिकाले बैक अफ काठमाडौं भालुवाङ शाखामा रहेको ग–७–२ स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत अध्यक्ष सुवेदीले आह्वान गरेका छन् ।

Published : Thursday, 2020 April 9, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया