अध्यक्ष महर्जनद्वारा लुभुमा सहायता वितरण

ललितपुर । ललितपुर जिल्लाको लुभुमा लकडाउनका कारण समस्यामा रहेका सर्वसाधारणलाई गणपति एल एण्ड हाउजिङ इस्टेट ग्रुपका अध्यक्ष राम महर्जनसहितको समूहले खाद्य सामग्री सहयोग गरेको छ ।

करीव दुई बराबरको खाद्य सामग्री वितरण गरिएको अध्यक्ष महर्जनले बताए ।

अध्यक्ष महर्जनका साथै लभेल महर्जन, सुरज राजथला, रामचन्द्र राजथला, विष्णु अधिकारीले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई सहयोग गरेका हुन् ।

उनीहरूलाई महालक्ष्मी नगरपालिकाको लुभु सानोगाउँ र पाटनमा दैनिक उपभोग सामग्रीहरू चामल, तेल, दाल, नुन र मसला घर–घरमा पुगेर वितरण गरेका छन् ।

उनीहरूले करीव १ सय घरमा राहत वितरण गरेको जनाएका छन् ।

ग्रुपका अध्यक्ष राम महर्जनले लकडाउनका कारण समस्यामा रहेका मजदुर र अति विपन्न परिवारलाई सहयोग गरिएको बताए । महर्जनले भूकम्पका बेला पनि सहायता वितरण गरेका थिए ।

Published : Thursday, 2020 April 9, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया