निजी स्कूलहरूद्वारा राप्ती गाउँपालिकालाई ६१ हजार प्रदान

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकाको सहायता कोषमा प्याब्सन र एनप्याब्सनमा आबद्ध स्कूल सञ्चालकहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।

बुधबार निजी स्कूल सञ्चालकहरूले गाउँपालिकाद्वारा स्थापना गरिएको कोरना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६१ हजार १ सय ११ रुपियाँ अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।

प्याब्सनको राप्ती गाउँपालिकाका संयोजक तेजबहादुर विष्ट र एनप्याब्सन दाङ जिल्लाका सह–सचिव बिक्रान्त ज्ञवालीले रकम हस्तान्तरण गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष सुवेदीले कोषमा जम्मा भएको रकमबाट लकडाउनबाट समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई सहयोग गरिने बताए ।

Published : Wednesday, 2020 April 8, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया