लकडाउनका बेला भक्तपुर तरुणद्वारा बिरामीको जीवन बचाउन रक्तदान (तस्वीर)

भक्तपुर । लकडाउनका कारण काठमाडौं उपत्यकामा रगतको कमी भएपछि रगतको अभाव हुन नदिन नेपाल तरुण दल भक्तपुरले रक्तदान गरेको छ ।

तरुण दल सूर्यविनायक नगरको ५ नम्बर वडा कार्यसमिति, भक्तपुरले आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको अध्यक्ष थापाले बताए ।

आकस्मिक रुपमा भएको रक्तदान कार्यक्रममा रक्तदाताहरू, रगत संकलन गर्न आएका कर्मचारी र स्थानीयलाई तरुण दलको सूर्यविनायक नगर कार्यसमिति वडा नम्बर ५ ले धन्यवाद दिएको छ ।

भक्तपुर तरुण दलले काठमाडौं उपत्यकामा रगतको अभाव हुन नदिन रक्तदान गरेर सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । भक्तपुर तरुण दलले रक्तदानको कार्यक्रमहरू बाक्लै गर्दै आएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका आमन्त्रित सदस्य जगदीश बस्नेतसहितका कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सचिव निशान ढुंगेल, सदस्य सुशील बस्नेत, सूर्यविनायक नगर सभापति बालकृष्ण थापा, तरुण दल अध्यक्ष राजु थापा, नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ५ सभापति राजु ढुंगेल, तरुण दल वडाध्यक्ष शिव जोशी, तरुण दलका नेता सुघोष ढुंगेललगायत नेता तथा कार्यकर्ताहरूको पनि उपस्थित रहेको थियो ।

Published : Sunday, 2020 April 5, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया