यी हुन् कोरोना संक्रमितसँगै भारतबाट दाङ आएका दश युवा

दाङ । कैलाली जिल्लाका कोरोना भाइरसको संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवाको पहिचान भएको छ ।

भारतबाट चैत ११ गते नेपाल आउने क्रममा लकडाउनका कारण प्रवेश नपाएपछि घर आउन पाउनुपर्ने भन्दै सयौंको भिडले नारावाजी गरेका थिए ।

नारावाजी गर्ने झण्डै एक हजारको हाराहारीमा भारतबाट आएका थिए ।

भिडमा दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ का २० वर्षीय शेरबहादुर कुमाल, सोही ठाउँका २५ वर्षीय रमेश मल्ल रहेका छन् ।

देउखुरीको राजपुर गाउँपालिका वडा नं. ७ का २६ वर्षीय अमर कुमाल, सोही ठाउँका १९ वर्षीय रामसागर थारु रहेका छन् ।

सोही भिडमा घोराही उपमहानगरपालिका वडा नं. ४ का २२ वर्षीय टीकाराम रोका, सोही ठाउँका २२ वर्षीय पदमकुमार रोका, २९ वर्षीय दीपक पुन, २६ वर्षीय मोहन रोका र १७ वर्षीय जीवन रोका र बबई गाउँपालिका वडा नं. २ का १९ वर्षीय दशरथ परियारपनि उक्त दिन आएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले दश जना सबैको नाम पहिचान भइसकेको र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको जानकारी दिएका छन् ।

सबैलाई खोजेर तुलसीपुरस्थित बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा ल्याएर आइसोलेसनमा राखिने उनले बताए ।

गौरीफन्टा नाकामा चैत ११ गते चेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै प्रदर्शन भएको थियो ।

Published : Sunday, 2020 April 5, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया