राप्ती गाउँपालिकाको कोरोना कोषमा कांग्रेसद्वारा २५ हजार प्रदान

तीर्थराज ज्ञवाली

मसुरिया । नेपाली कांग्रेस क्षेत्र नम्बर १ र राप्ती गाउँपालिका पार्टी कार्यसमितिले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि राप्ती गाउँपालिकाले स्थापना गरेको कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २५ हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसका नेताहरूले आइतबार गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई पच्चीस हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।

लकडाउनका कारण प्रभावित अति विपन्न घरपरिवारलाई राहत प्रदान गर्ने कार्यमा सहयोग गर्न नगद प्रदान गरिएको कांग्रेस नेतृ एवम् पूर्वसांसद सुशीला चौधरीले बताएकी छिन् ।

गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता सुवेदीले कोरोना भाइरसविरुद्धको अभियानमा कांग्रेसले आर्थिक सहयोग गरेको भन्दै धन्यावाद दिएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेसका नेताहरू दोर्ण भुसाल, दुर्योधन पाण्डे, लालमोहम्मत मियाँ, हरि भुसालसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 April 5, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया