कांग्रेस केन्द्रीय सदस्य मुसलमानको पहलमा कपिलवस्तु १ मा सहायता वितरण

बाढगंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानको विशेष पहलमा कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ मा खाद्य सामग्री वितरण शुरु भएको छ ।

लकडाउनका कारण समस्यामा परेका मजदुर, अति विपन्न परिवारहरूलाई स्थानीय तहमार्फत खाद्य सामग्री वितरण गरिएको केन्द्रीय सदस्य मुसलमानले जानकारी दिए ।

‘सबै साथीहरूको सहयोगमा स्थानीय तहको संयोजनमा मजदुरी गरेर दैनिक गुजारा गर्ने तथा अति विपन्न परिवारहरूको पहिचान गरेर खाद्यान्न वितरण गरिएको छ’, उनले भने, ‘क्षेत्र नम्बर १ का सबै नगरपालिका र गाउँपालिकामा खाद्य सामग्री वितरण गरिनेछ ।’

आइतबारदेखि दश किलो चामल, एक किलो दाल, आधा लिटर खाने तल, गुडागडी वितरण गरिएको नेता मुसलमानले बताए ।

आइतबार बिहान बाढगंगा नगरपालिकाको वडा नम्बर ४ गजेडीमा करीव ३ सय परिवारलाई खाद्य सामग्री वितरण गरिनेछ ।

मायादेवी गाउँपालिकामा पनि खाद्य सामग्री वितरण गरिनेछ । खाद्य सामग्री तिवरणमा स्थानीय तहलाई कांग्रेसका स्थानीय नेताहरूले पनि सहयोग गरेका छन् ।

कांग्रेस नेता मुसलमानले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेकोमा सह्राना गर्दै लकडाउनलाई प्रभावकारी बनाउन अपील पनि गरेका छन् ।

उनले गाउँमा आउने नयाँ व्यक्तिलाई कम्तिमा १४ दिनसम्म अलगै (क्वारेन्टाइन) राख्न सबै स्थानीयलाई आग्रह गरेका छन् । विशेष गरेर भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरूबाट सर्तक हुन कांग्रेस नेता मुसलमानले अपील गरेका छन् ।

Published : Sunday, 2020 April 5, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया