गोदावरी कांग्रेसका सचिवद्वारा ६० घरमा खाद्यान्न वितरण

ललितपुर । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमिति, ललितपुरका सचिव एवम् दुरिखेल बहाल क्लब अध्यक्षका नवराज कुँवरले आफ्नो टोलमा राहत वितरण गरेका छन् ।

लकडाउनका कारण सस्यामा परेका अति विपन्न परिवारलाई कुँवरले खाद्य सामग्री वितरण गरेका हुन् ।

कुँवरले ६० घरमा चामल, तेल, नुन, दाल, गेडागुडी गरि करीव १ लाख रुपियाँ बराबरको खाद्य सामग्री वितरण गरेका हुन् ।

कुँवर गोदावरी नगरपालिका वडा नम्बर ११ मा युवा समाजसेवीका रुपमा परिचित छन् । कुँवरले ०७२ सालको भूकम्पको बेलामा पनि प्रत्यक घर गई राहत वितरण गरेका थिए ।

कुँवर नेपाली कांग्रेस युवा नेता खेलकुद विभाग सदस्य सचिव मीनकृष्ण महर्जन निकट मानिन्छन् ।

Published : Sunday, 2020 April 5, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया