नेपाल छिरेकाे कोरोना दोस्रो व्यक्तिमा सर्‍याे, सरकारले उठायो कडा स्टेप

काठमाडौं । सरकारले एक प्रदेशाबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आवागमनलाई कडाई गर्ने भएको छ ।

अनावस्यक आवागमनलाई सरकारले रोकेको हो । कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिनइने निर्णय सरकारले गरेको हो। शनिबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पहिलो पटक धनगढीमा स्थानीयतहमा एक जनामा भाइरस सरेसँगै संक्रमणको दोस्रो चरण शुरु भएको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । चैतफेरि सरकारले लकडाउन थप गरेर चैत २५ गतेसम्म कायम गरेको छ ।

Published : Saturday, 2020 April 4, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया