कांग्रेस नेता खतिवडाद्वारा दश परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा घर भइ काठमाडौंमा बस्दै आएका अति निम्न वर्गका दश घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

ओखलढुंगा घर भई काठमाडौंको हाँडीगाउँमा दैनिक मजदुरी र रोजगारी गर्दै आएका दश जनाको परिवारलाई खतिवडाले शनिबार खाद्यान्न सामग्री वितरण गरेका हुन् । खतिवडाले चामल, दाल, साबुन, तेललगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन् ।

ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ९ पोकली घए भइ हाँडीगाउँ बस्दै आएका नेत्र बराल, रण बराल, महेश बराल, रमा बराल, मीठू बराल, मनकुमारी बराल, रीता बराल, शुदर भुजेल, नवीन ढुंगेल र मौसम पौडेललाई खाद्य सामग्री वितरण गरेका हुन् ।

खतिवडाले लकडाउनका कारण काठमडौंमा समस्यामा परेका गृहजिल्ला ओखलढुंगाका सर्वसाधारणलाई आफूले सकेको सानो सहयोग गरेको बताए ।

‘ओखलढुंगा घर भइ काठमाडौंमा दैनिक मजदुरी गर्दै आउनुभएका सर्वसाधारणले मलाई सम्झिएर सहायताका लागि आग्रह गर्नुभयो’, खतिवडाले भने, ‘मैले व्यक्तिगत रुपमा सक्ने सहयोग गरेको छ ।’

खाद्य सामग्री सहयोग पाएपछि पीडितहरूले कांग्रेस नेता खतिवडालाई धन्यावाद दिएका छन् ।

Published : Saturday, 2020 April 4, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया