कोरोना घोटालामा संलग्न मन्त्रीसहित सबैलाई कारबाही होस्ः जितजंग बस्नेत

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणविरुद्ध मिलेर सामना गर्ने बेला सकारमा बसेका जिम्मेवार व्यक्तिहरू अनियमितता र कमिशनको कार्यमा संलग्न रहेको भन्दै आपत्ति जनाएका छन् ।

तरुण दलका अध्यक्ष बस्नेतले शनिबार प्रेस नोट जारी गरेर चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री घोटालाका दोषीहरूलाई कारबाही गर्न माग गरे । उनले घोटाला प्रक्रियामा संलग्न मन्त्री, व्यापारी, कर्मचारी र अन्य जिम्मेवार व्यक्तिलाई कारबाहीको दयारमा ल्याउन माग गरेका छन् ।

‘महामारीको बेला जनतालाई राहत र सहास दिदै जिम्मेवार बन्नु पर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ’, बस्नेतले भने, ‘यसैअन्तर्गत अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति पाइँदैन ।’

‘सो प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने जोडदार माग गर्दछु’, उनले भने ।

उनले नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई धम्की दिएकोमा पनि आपत्ति जनाएका छन् । उनले भने, ‘पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई दिइयको धम्की आपराधिक कार्य हो ।’

‘लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य हुँदैन’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Saturday, 2020 April 4, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया